सरकारअघि पार्टीको पद बाँडफाँट: गिरिराजमणि

सरकारअघि पार्टीको पद बाँडफाँट: गिरिराजमणि
+
-

विराटनगर-नेकपा माओवादी केन्द्र र एमालेबीच सरकार बन्नुपूर्व नै एकता हुनुपर्ने केन्द्रका सचिवालय सदस्य गिरिराजमणि पोखरेलले बताएका छन्।विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा बिनाविभागीय मन्त्रीसमेत रहेका पोखरेलले दुवै पार्टीबीच नमिलेको विचार र पक्षका विषयलाई महाधिवेशनबाट टुङ्याउन सकिने उल्लेख गरे। उनले भने, ‘हामी दुवै पार्टीबीचको एकताका लागि महाधिवेशन हुनुपर्छ र त्यहीबाट नमिलेका विचार र पक्षलाई छलफल गरी एक बनाउनुपर्छ।’

महाधिवेशन पूर्व दुवै तहका शीर्ष नेताबीच उचित ढंगबाट शक्ति बाँडफाँट हुनुपर्नेमा पोखरेलले जोड दिए। उनले स्पस्ट पार्दै भने, ‘पार्टी एकतापूर्व शक्तिको बराबरी बाँडफाँट हुनुपर्छ।’

त्यसैगरी सरकारको विषयमा तीव्र आलोचना गरेका बिनाविभागीय मन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएर खराब राजनीतिक खेल सुरु गरेको आरोप लगाए। उनले भने, ‘प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको जनादेशलाई स्वीकार गर्दै प्रधानमन्त्री देउवाले सत्ता हस्तान्तरण गर्नुपर्ने हो । तर त्यसो देखिएको छैन।’

केही समयअघि सरकारले गरेको राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘कामचलाउ सरकारले महत्वपूर्ण निर्णय गर्दा सहमतिका आधारमा मात्रै गर्नुपर्छ। तर, सरकार एकलौटी ढंगले अगाडि बढ्न खोजेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?