टेक्सासमा १८ बालबालिकाको हत्यापछि बाइडेनले भने, ‘हामी बन्दुक लिने पक्षमा कहिलेसम्म उभिने ?’

टेक्सासमा १८ बालबालिकाको हत्यापछि बाइडेनले भने, ‘हामी बन्दुक लिने पक्षमा कहिलेसम्म उभिने ?’
+
-

टेक्सासको प्राथमिक विद्यालयमा भएको अन्धाधुन्द गोलि आक्रमणपछि १८ बालबालिकाको मृत्यु घटनामा अमेरिकी राष्ट्रपति जो बाइडेनले दुख प्रकट गरेका छन् । उनले घटना पछि ‘अझै कति बालबालिकाले युद्धको मैदानमा ज्यान गुमाउनुपछ ?’ भन्दै प्रश्न गरेका छन्।

‘बच्चा गुमाउनु भनेको आत्माको एक टुक्रा च्यातिनु जस्तै हो।’ ह्वाइट हाउसबाट सम्बोधन गर्दै उनले भने, ‘तपाईको छातिमा एक प्रकारको खालीपन छ, तपाई त्यसलाई पूर्ति गर्नुभयो जस्तो लागेपनि त्यो कहिल्यै पूरा हुँदैन। बाइडेनले सम्बोधन गर्दा प्रथम महिला जिल बाइडेन पनि साथ नै थिइन्।

बाइडेनले अमेरिकाको हतियार सम्बन्धि प्रावधानलाई लिएर प्रश्न गरेका छन्, ‘हामी बन्दुक बोक्ने प्रावधानको विरुद्ध कहिले उठ्ने ?’

‘हामीले यस विषयमा आवाज उठाउँनै पर्छ।’ बाइडेनले भने, ‘म यो प्रवृत्तिदेखि थाकिसके र दिक्क भईसके। हाम्रो कदमले नरसंहारमा प्रभाव पार्न सक्दैन भनेर नभन्नुस।’

अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर : रोयटर्स

‘एउटा बच्चाले पसलमा गएर २ बन्दुक किन्नसक्छ र यसरी यत्ति धेरै मानिसको हत्या गर्न सक्छ भन्ने विश्वास गर्नु गलत हो।’ उनले भने, ‘यसरी बन्दुक प्रहारपछि हुने सामूहिक हत्याको घटना विश्वमा विरलै हुने गरेको छ।

यस्तै अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले बन्दुक नीतिमा समझदारीताका साथ अगाडि बढ्नुपर्ने बताएकी छन्। उनले अबका दिनमा यस्ता सामूहिक गोलिकाण्ड नहोस भन्नका लागि बन्दुक नीतिलाई कारणमुखी र समझादारीपूर्ण बनाउनुपर्ने बताएकी छन्।

उनले हरेक पल्ट यस्ता घटनाले मुटु दुखाउने र यस्ता घटना हुन दिइरहने गरेको बताएकी छन्। उनले भनिन्, ‘अब त अति भयो, हामीले हाम्रो देशको लागि नीति र कार्यक्रम परिवर्तन गर्नै पर्छ।’

यस्तै अमेरिकाका पूर्वी राष्ट्रपति बाराक ओबामाले यो घटनाले देश नै ‘प्यारालाइज’ भएको बताएका छन्।

यो पनि पढ्नुहोस्

टेक्सासमा एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

टेक्सासमा एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?