
काठमाडौँ – गायका निशेष धितालको गीत ‘हावाको लहर’ सार्वजनिक भएको छ।
प्रेम र वियोगान्त भाव झल्काइएको सो गीतको शब्द सिर्जना र गायनसँगै म्युजिक भिडियो कम्पोज पनि गायक धितालले नै गरेका छन्।
सोनिया श्रेष्ठको पाश्र्व स्वर रहेको सो गीतको भिडियो सिजेन सापकोटाले निर्देशन गरेका छन् भने यसमा कमेडियन सुमन कोइराला, श्रेयांश स्थापित, सुलभ स्थापित र सीता विष्टले अभिनय गरेका छन्।
गायक धितालको युट्युब च्यानल तृप्त अफिसियलमार्फत सार्वजनिक गरिएको सो गीतको भिडियोमा प्रेम, वियोग र वियोग सहन नसक्दाको पीडा लगायतका भावलाई निकै आकर्षक र कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।
‘काल्पनिक कथा’ ले उत्पादन गरेको उक्त म्युजिक भिडियो आरडिएक्स क्याफे, पातलेवन रिसोर्टलगायत स्थानमा छायाँकन गरिएको छ।