बालेनमाथि बन्यो गीत, ‘स्याबास बालेन स्याबास’

बालेनमाथि बन्यो गीत, ‘स्याबास बालेन स्याबास’
+
-

काठमाडौँ – ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन्।

उनले युट्युब च्यानल ऊबेलामार्फत गीत र भिडियो सार्वजनिक गरेका हुन्।

गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए।

उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नुहुँदैन।

यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित मिल्ने र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने उनले जनाए।

‘नराम्रो बाटो भन्नाले अल्मलमा पर्नु पर्दैन, स्पष्ट छ जनताको लागि काम नगरीकन आफ्नो र आसेपासेको मात्र भलो चिताउने – जस्तो हाल धेरैले गरिरहेका छन्, भ्रष्ट कामकारवाही र भ्रष्टाचारलगायतका कुराहरु पर्छन् मेरो विचारमा’, नराम्रो बाटो भन्नाले कस्तो भनेर सोधिएको प्रश्नमा नित्यले भने।

ऊबेला सांगीतिक समूहमा नित्यलगायत उनका बाल्यकालका साथी सुकदेव केसी रहेका छन्।

गत महिना ९० को दशकमै तयार भएको तर हालसालै मात्र निकाल्न सकिएको भनेर ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत सुकदेवको स्वरमा सोही च्यानलमा आइसकेको छ।

समूहले स्लो रक र ९० को दशकमा चर्चित सांगीतिक स्वादलाई अनुसरण गर्ने र अन्य विधाका गीतहरुमा पनि बिस्तारै काम गर्ने नित्यले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?