रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते?

रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते?
+
-

रौतहट – १८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ।

मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा एकीकृत समाजपादीले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ।

नेपाली का‌ंग्रेसले राजपुर नगरपालिका, कटहरीया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात परेको छ।

२०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक हालसम्ममा ६ पालिकामा जित हासिल गरेको हो।

यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले चार पालिकामा जित हासिल गरेको छ।

नेकपा एसले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ।

यस्तै, नेकपा एमालेले देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा जित हात पारेको छ।

२०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक भने हालसम्ममा २ पालिकामा जित हासिल गरेको छ।

यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको देवाही गोनाहीमा एमालेले जित हात पारेको हो।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ।

यस्तै, गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले जित हात पारेको छ।

२०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एउटा पालिकामा जित हासिल गरेको हो।

यसअघि माओवादी केन्द्रले जित हासिल गरेको कटहरिया र यमुनामाई भने गुमाएको छ। जिल्लाको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ।

फतुवा विजयपुर र गरुडाको मतगणना भने जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?