धनगढीमा बुधबारदेखि अन्तर्राष्ट्रिय कराँते

धनगढीमा बुधबारदेखि अन्तर्राष्ट्रिय कराँते
+
-

धनगढी- बुधबारदेखि धनगढीमा ८ औँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदैछ।

आयोजक सुदुरपश्चिमाञ्चल गोजुरियो कराँते दो संघले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ।

प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते दो संघका केन्द्रीय महासचिव प्रकाश चन्दले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। खेलहरु बुधबार बिहान १० बजेदेखि नै धनगढी रंगशालामा सञ्चालन हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनि रानाले दिउँसो ३ बजे गर्ने कार्यक्रम तय गरिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन नेपालसहित ६ देशका करिब साढे चार सय खेलाडी धनगढी पुगिसकेका छन्। नेपालका २ सय ४३, भारतका १ सय ८०, श्रीलङ्काका १९, भुटानका ७, पाकिस्तानका ५ तथा बङ्गलादेशका ९ गरी ४ सय ६३ खेलाडी प्रतियोगिता खेल्नका लागि धनगढी आउनेछन्।

प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकका लागि खेलाडी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुमुतो विधातर्फ प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार ३१ हजार र तृतीय पुररस्कार २१ हजार रुपैयाँ राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?