भादगाउँले टोपीमा सजिँदै धन्यवाद र्‍यालीमा निस्किए बालेन (तस्बिर सहित)

भादगाउँले टोपीमा सजिँदै धन्यवाद र्‍यालीमा निस्किए बालेन (तस्बिर सहित)
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद र्‍यालीमा निस्किएका छन्।

कालो भादगाउँले टोमीमा शीरमा सजाएर नेपालको झण्डा ओढी शाह शुक्रबार मतदातालाई धन्यवाद भन्न निस्किएका हुन्।

लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्।

उनको धन्यवाद र्‍यालीमा काठमाडौँ महानगरपालिकाका अर्का स्वतन्त्र उम्मेदवार शुमन सायमी पनि उपस्थित छन्।

 सायमीले आफूले हारेपनि बालेनकाे जितमा खुसी भएकाे बताएका थिए।

सभागृहबाट सुरु भएको उनकाे धन्यवाद र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर, शान्तिनगर, तीनकुने, कोटेश्वोर, जडिबुटी, पेप्सीकोलाबाट फिर्ता हुनेछ।

त्यस्तै कोटेश्वोर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तीलगंंगा, गौशाला, चावाहिल, महारजगञ्ज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वोर, सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर उक्त र्‍याली धन्यवाद सभामा परिणत हुनेछ।

तस्बिरहरु –  रबिन आचार्य 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?