
टेक्सासको रोब प्राथमिक विद्यालयमा मंगलबार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएकी एक शिक्षिकाका श्रीमानको निधन भएको छ।
मंगलबार १८ बालबालिका सहित २ जना शिक्षकको ज्यान जाने गरी एक किशोरले अन्धाधुन्द गोलि प्रहार गरी हत्या गरेका थिए।
मृत्यु हुने शिक्षकमध्येकी एक इरमा गार्सियाले २३ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराईरहेकी थिइन्। उनका श्रीमान जोय गार्सियालाई श्रीमतिको निधन भएको खबर सुनेपछि हृदयघात भएको थियो। जोका भतिजले जोयको निधन शोकका कारण भएको बताएका छन्।
त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार जोयका चार सन्तान मध्ये दुई छोरा र दुई छोरी छन्। उनीहरु १२ देखि २३ वर्ष उमेरको रहेका छन्।
यी दुई २४ वर्ष अगाडि विवाह बन्धनमा बाँधिएका थिए।
EXTREMELY heartbreaking and come with deep sorrow to say that my Tia Irma’s husband Joe Garcia has passed away due to grief, i truly am at a loss for words for how we are all feeling, PLEASE PRAY FOR OUR FAMILY, God have mercy on us, this isn’t easy pic.twitter.com/GlUSOutRVV
— john martinez ❤️🔥 (@fuhknjo) May 26, 2022