
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहको जितपछि बालेनकी श्रीमति सबिना काफ्लेले उनलाई बधाई अनि शुभकामना दिएकी छन्।
उनले फेसबुकमा उनले आजबाट ‘उनको बालेन’ साझा भएकोमा गर्वले छाती फुलेको र शीर उचालिएको बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !’
उनले अगाडि विशाल भवसागर भएको, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न मन डराएपनि जनमानसमा बालेन प्रतिको विश्वास सम्झेर जनमानसको माया र साथसँगै बालेनको दृढता सम्झेर मन ढुक्क हुने बताएकी छन्।
‘चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् । अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।’ उनले भनिन्, ‘घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।’