
अघिल्लो वर्ष अगस्टमा टेस्लाका संस्थापक एलन मस्कले भारतमा आयातित आफ्नो कार सफल भएपछि मात्रै भारतमै उत्पादन कम्पनी खोल्ने बताएका थिए।
यही विषयलाई लिएर शुक्रबार एलन मस्कले ट्वीट गरेका छन्। उनले उक्त ट्वीटमा टेस्लाले आफ्नो कार बेच्न र मर्मत गर्ने मौका नपाएको कुनै पनि देशमा आफ्नो उत्पादक इकाइ नखोल्ने बताएका थिए।
उनलाई मधुसुदन नामका एक व्यक्तिले ‘भारतमा टेस्लाको उत्पादन एकाई खोल्ने, नखोल्नेबारेमा सोधका थिए। जवाफमा मस्कले यो उत्तर दिएका हुन्।
यो भन्दा अगाडि भारनको केन्द्रिय सडक परिवहन र राजमार्ग मैत्री नितिन गडकरीले टेस्ला भारतमा आफ्नो कारको उत्पादन गर्न चाहन्छ चीनमा बनेको कार भारत ल्याएर बेच्न नहुने बताएको थियो।
अमेरिकी विद्युतीय कार कम्पनीले भारत सरकारसँग आयात करमा शूल्क कम गर्नको लागि लगातार माग गरिरहेको छ।