
फ्रान्स र जर्मनीका नेताहरुले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई यूक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष र गम्भीर वार्ता गर्न आग्रह गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ।
इम्यानुअल म्याक्रोन र आलोफ स्कोजले पुटिनसँग ८० मिनेट फोनमा कुरा गरेका थिए।
यी दुईले ‘यूक्रेनमा तत्काल युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ता गर्न जोड’ दिएको चान्सलरको कार्यालयले जनाएको छ।
जवाफमा रसियाका नेताहरुले मस्काउ वार्ताको लागि खुला रहेको बताएका छन्।
जर्मन चान्सलरको कार्यालयले सार्वजनिक गरेको जानकारी अनुसार पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताको संभावना नरहेको उल्लेख गरेको छ।
यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको वार्ताको लागि उत्साहित नभएको भएपनि द्वन्द्व अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
गएको फ्रेब्रुअरी २४ मा रुसले यूक्रेनमाथि आक्रमण गरेको थियो। त्यसपछि रुसी र यूक्रेनी प्रतिनिधिमण्डलहरुले टाढाबाट र व्यक्तिगत रुपमा धेरै चरणको वार्ता गरेका छन् तर यसको निचोड निस्किएको छैन।
फ्रान्स र जर्मिनीले पनि पुटिनलाई मारिपोलबाट लगिएको २५ हजार यूक्रेनका लडाकुहरुलाई फिर्ता गर्न आग्रह गरेका छन्।