
काठमाडौँ – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।
आज (आइतबार) बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको हो।
क्याप्टेन प्रभाकर घिमिरेले उडाएको सो विमानमा पाइलटसहित १९ यात्रु सवार छन्।
पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक घन्टा बितिसक्दा पनि यतिबेलासम्म पनि अवतरण हुन सकेकाे छैन।
विमान दुर्घटना भएको आशंका गरिएको छ ।