‘मिनी पार्लियामेन्ट’ मानिने विषयगत समिति नेतृत्व बिहीन

‘मिनी पार्लियामेन्ट’ मानिने विषयगत समिति नेतृत्व बिहीन
+
-

धनगढी – ‘मिनी पार्लियामेन्ट’ का रूपमा रहेको विषयगत समितिको नेतृत्व प्रदेश नम्बर ७ मा अझै चयन हुन सकेको छैन ।
नेतृत्व चयनका लागि यसअघि तीन पटक मिति तोकिसकिएको छ ।

तर, चुनाव हुन नसक्दा प्रदेश ७ मा रहेको विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति पाँच महिनादेखि नेतृत्व बिहीन छन् ।

लगातार तेस्रो पटक निर्वाचन स्थगित

प्रदेशसभा सचिवालयले १३ गते विधायन तथा प्रदेश मामिला समिति र सामाजिक विकास समितिको निर्वाचन गर्ने र जेठ १४ गते अर्थ विकास तथा प्राकृतिक समिति र सार्वजनिक लेखा समितिको निर्वाचन तय भएको थियो ।

प्रदेशसभाले दोस्रो पटक जेठ २२ र २३ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो भने पछिल्लो पटक बिहीबारका लागि निर्वाचन तोकिएको थियो । तर अन्तिम समयमा सूचना टाँसेर निर्वाचन स्थगन गरियो ।

‘आवश्यक तयारी नपुगेको भन्दै सत्ता पक्षका सासदले समय माग गरेपछि निर्वाचन तीन पटक स्थगन गर्नुप¥यो’ सभामुख अर्जुन बहादुर थापाले भने ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक तारालामा तामाङले यसअघि दुईपटक आवश्यक छलफलका लागि समय नपुगेकाले थप समय माग गरिएको बताए ।

जेष्ठ सदस्यको भरमा बैठक

नेतृत्व चयन हुन नसक्दा विधायन तथा प्रदेश मामिला समिति जेष्ठ सदस्य कृष्णराज सुवेदीको अध्यक्षतामा बैठक बस्ने गरेको छ भने अर्थ विकास तथा प्राकृतिक समिति जेष्ठ सदस्य देवराज पाठकको अध्यक्षतामा बैठक बसिरहेको छ ।

पटक पटक नेतृत्वका लागि निर्वाचन आह्वान हुँदै स्थगित हुँदै गर्न थाले पनि कार्य सम्पादनमा प्रभाव परिरहेको नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले बताए ।

दुई समितिको बैठक नै बसेन

प्रदेश नम्बर सातमा रहेका चार वटा विषयगत समितिमध्ये दुई समितिको बैठक हालसम्म बस्न सकिरहेको छैन । सार्वजनिक लेखा समिति र सामाजिक विकास समितिको बैठक पाँच महिनामा एक पटक पनि बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?