
काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद् एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषि क्षेत्रलाई आगामी वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले बजेटको प्राथमिक क्षेत्रमा कृषिको रूपान्तरण पर्नु आफैँमा महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।
पुनले कृषिको माध्यमबाट थप पाँच लाख रोजगारी सिर्जना गर्ने भन्ने कुरामा कसैले विरोध गर्नु जरुरी नरहेको बताए।