टाेखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने

टाेखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने
+
-

काठमाडाैँ- काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ।

टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो।

उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन्।

बैठकले पाँच वर्षभित्र टोखालाई प्लास्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

बैठकले विभिन्न विषयगत समिति (आर्थिक समिति, सामाजिक समिति, विपद् तथा वातावरण समिति, पूर्वाधार विकास समिति र संस्थागत विकास समिति) गठन गरेको छ।

कूल ११ वडा रहेको टोखा साविकका झोर, महाँकाल, टोखा, धापासी र गोँगबु गाउँ विकास समिति मिलेर निर्माण भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?