
विष्णु तिवारी
जेठ २१, २०७९

अ
+
अ
अ
-
सडेकालाइ पनि छानि ल्याए फेरि
बलगरि उसैलाइ तानि ल्याए फेरि।।
घुष भुस खाँदैनन् सेवा गर्ने भन्थे
काखिमा लुकाइ लानि ल्याए फेरि।।
मान कदर केहि छैन जेसुकै बोल्ने
अर्कालाइ उडाउने बानि ल्याए फेरि।।
आखिर खोल्सामा धाउनै पर्ने भयो
आफुलाइ बिदेसी पानी ल्याए फेरि।।
अघाइसके भनि पालो कुर्यो ‘बिष्णु’
अँजुलिले हसुर्दै खानि ल्याए फेरि।।

