
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका अरु सदस्यसहित आइतबार बिहानै नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र पूर्व रानी कोमल तथा पूर्व युवरागी हिमानीसहित परिवारका अरु सदस्यको साथमा स्वास्थ परीक्षणका लागि नर्भिक अस्पताल पुगेका हुन् । पूर्व राजा ज्ञानेन्द्र अस्पताल अनौपचारिक पोशाकमा आएका छन् ।
उनले ट्रयाक सुट लगाएका थिए । पूर्व राजा ज्ञानेन्द्रको एन्जिओप्लाष्टिक गरिएकाले उनी मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको उनको निजी सचिवालय स्रोतले जनाएको छ । उनीको सामान्य स्वास्थ्य परीक्षण भएको स्रोतले बताएको छ ।