ख्याल गरौँ है !

कालिमाटीमा यो वर्ष पनि देखियो हैजा

कालिमाटीमा यो वर्ष पनि देखियो हैजा
+
-

काठमाडौँ – अहिले पानी पर्ने र फेरि घामलाग्ने खालको मौसम छ । यस्तो बेलामा विभिन्न खालका संक्रामक रोक लाग्ने जोखिम बढी हुने डाक्टरले बताएका छन् ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा ज्वरो, झाडापखाला तथा अरु विभिन्न खालका सरुवा रोगको संक्रमण बढ्दै गएको सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले ज्वरोजन्य रोग र झाडापखालाका बिरामी बढेका छन् । यस्तै काठमाडौमा हैजाका बिरामी पनि भेटिएको डा. पुनले जानकारी दिए । टेकु अस्पतालमै अहिले टाइफाइट तथा यस्तै ज्वरोजन्य रोग, झाडापखाला तथा अरु संक्रामक रोगका बिरामीको संख्या बढेको छ ।

फेरि कालिमाटीमा हैजा


डा. पुनका अनुसार यो वर्ष पनि काठमाडौँमा हैजाको संक्रमण देखिएको छ । केही दिनअघि काठमाडौँको कालिमाटीका एकजनामा हैजाको संक्रमण पुष्टि भएको थियो ।

गम्भीर खालको झाडापखाला लागेर अस्पताल आएका ती व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको हो । उनलाई जेठको अन्तिम हप्ता अस्पताल भर्ना गरेर केही दिन राखी उपचार गरिएको डा. पुनले जानकारी दिए ।

कालिमाटी क्षेत्रमा यसअघिका वर्षमा पनि हैजाको संक्रमण फैलने गरेको थियो । यो वर्षपनि बर्खा लाग्न थालेपछि हैजाको संक्रमण देखिएको र यसले सबैजना थप सचेत हुनु पर्ने अवस्था आएको डा. पुनले बताए ।

डा. पुनले देश सञ्चारसँग भने, ‘यो वर्ष पनि कालिमाटी क्षेत्रमै एकजनामा हैजाको संक्रमण देखिसकेको छ । खानपिन र पानीमा ख्याल गर्नु पर्ने हुन्छ । अरु ठाउँमा पनि विशेष चनाखो हुनु पर्ने देखिएको छ ।’

कलिमाटी क्षेत्रमा मानिसको आवतजावत बढी हुने र पानीका स्रोत पनि त्यति राम्रो नरहेकाले त्यहिँ संक्रमण बढी देखिने गरेको डा. पुनको भनाई छ । आत्तिहाल्नु पर्ने अवस्था नरहे पनि हैजाको संक्रमण देखिएकाले आफ्नो दैनिकीमा विशेष ख्याल गर्नु पर्ने उनले बताएका छन् ।

घर बाहिर मात्रै होइन घर भित्रै पनि ख्याल गरौँ


ज्वरो, झाडापखाला तथा हैजासहितका मौसमी संक्रमक रोगबाट जोगिनका लागि आफ्नो खानपानमा विशेष ध्यान दिनु पर्ने डा. पुनले बताए ।

विशेष गरी झाडापखाला, टाइफाइट, हैजा र जण्डिस जस्ता संक्रामक रोगको जोखिम अहिले बढी रहेकाले आफ्नो दैनिकी र रहनसहनमा ख्याल गर्नु पर्ने र खानपानमा विशेष सावधानी अपनाउनु पर्ने डा. पुनले बताएका छन् । उनका अनुसार अहिले पानीको शुद्धतामा निकै समस्या देखिएकाले त्यसमै विशेष ख्याल गर्नु पर्ने देखिएको छ ।

उनले भने, ‘यो समयमा पानीजन्य रोगको जोखिम बढी हुन्छ । विशेष गरी दूषित पानीकै कारण झाडापखाला, टाइफाइट, हैजा, जण्डिससहितका रोगको प्रकोप फैलिन सक्छ । यसले गर्दा पानीको शुद्धतामा विशेष ख्याल गर्नु पर्छ र खाने कुरामा पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।’

पानीको शुद्धताको कुरा गर्दा घर बाहिर निस्कँदा मात्रै नभएर घर भित्र पनि विशेष सावधानी अपनाउनु पर्ने उनले बताए ।

‘प्रायः गरी हामी घर बाहिर निस्कँदा मात्रै पानीको शुद्धतामा चनाखो भएका हुन्छौँ । तर घरभित्र हामीले प्रयोग गर्ने पानीको शुद्धतामा त्यति ध्यान पुगेको जस्तो लाग्दैन’, डा।

पुनले भने, ‘घरमा प्रयोग गर्ने पानी जारकै भए पनि शुद्ध नहुन सक्छ, त्यसैले विशेष ध्यान दिनु आवश्यक छ । घरभित्रको पानी त हो नि भनेर विश्वास गर्दा समस्या आउन सक्छ ।’

मौसमी रोगको संक्रम धेरै हदसम्म हाम्रै रहनसहनका कारण निर्धारित हुने भएकाले आफूले अलिकति ध्यान दिएमा धेरै रोगको जोखिमबाट बच्न सकिने उनको सुझाव छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?