
काठमाडौँ – सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ।
सोमबार प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेको हो।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला एक हजार एक सय ६ रहेको चाँदीको मूल्य आज बढेर १ हजार दुई सय ७५ रुपैया पुगेको छ।