म्याद नाघेका खाद्यसामग्री राख्ने सञ्चालकलाई जरिवाना

म्याद नाघेका खाद्यसामग्री राख्ने सञ्चालकलाई जरिवाना
+
-

काभ्रेपलाञ्चोक – जिल्ला बजार अनुगमन समितिले काभ्रेपलाञ्चोकको बनेपाका एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले उपभोक्ताले गरेको गुनासोका आधारमा अनुगमन गर्दा बनेपा नगरपालिका–७ तरकारी बजार डाँडाका रोहित श्रेष्ठलाई कारबाही गरिएको बताए।

बजार अनुगमनका क्रममा श्रेष्ठले सञ्चालन गरेको गोल्मादेवी अडर एण्ड सप्लायर्सले म्याद नाघेका सामान राखेको, गोदाममा सरसफाइ नगरेको तथा मूल्यसूचीसमेत नराखी सञ्चालन गरेको पाइएको छ । उनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा पसलबाट म्याद गुज्रेका चिउरा २२ बोरा, चामल ६ बोरा र मैदा दुई बोरा बरामद गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माका अनुसार खाद्यान्न पसल सञ्चालकले मूल्यसूची राख्नुपर्ने, गोदामको सरसफाइ गर्नुुपर्ने र म्याद गुज्रेका सामानको व्यवस्थापन गर्नुपर्ने, होटलले सरसफाइमा ध्यान दिनुपर्ने, मूल्यसूची राख्नुपर्ने तथा दर्ता र नवीकरण गर्नुपर्ने विषयमा सचेत गराइएको छ । उद्योगबाट उत्पादन गरेको जार र बोतलमा मिति स्पष्ट हुनुपर्ने, पुरानो जार प्रयोग बन्द गर्नुपर्ने, पानीको गुणस्तर निरन्तर रूपमा जाँच गर्नुपर्ने लगायत विषयमा सचेत गराइएको कुस्माले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?