
काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपौयाँले घटेर ९७ हजार ७ सय रुपौयाँ तोकिएको छ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपौयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपौयाँ छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपौयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपौयाँले घटेर एक हजार २६५ रुपौयाँ कायम रहेको महासङ्घले जनाएको छ।