एएफसी एसियन कप : कुवेतसँग प्रतिष्पर्धा गर्दै नेपाल

एएफसी एसियन कप : कुवेतसँग प्रतिष्पर्धा गर्दै नेपाल
+
-

काठमाडाैँ- एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीको टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ।

आयोजकसमेत रहको कुवेतविरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ।

यसअघि बलियो टोली जोर्डनविरुद्ध २-० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ। नेपाल पहिलो जितको खोजीमा रहेको छ। त्यसका लागि शनिवार अन्तिम अभ्यास गरेको छ।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा कुवेतलाई इण्डोनेसियाले हराएको थियो। छनोटको समूह ए मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ।

कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ। जोर्डन शीर्ष र इण्डोनेसिया दोस्रो स्थानमा रहेको छ। छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इण्डोनेसियासँग खेल्नेछ।

समूहको शीर्ष टोलीले ए‍सियन कपमा स्थान बनाउने छन्। यस्तै, उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?