
काठमाडौँ – एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा भारतले लगातार दोस्रो जित निकालेको छ।
शनिबार घरेलु मैदान भारतले प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २-१ अन्तरले पराजित गरेको हो।
भारतको जितमा कप्तान सुनिल क्षेत्री र सहल अब्दुलले एक एक गोल गरे।
८५औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलबाट भारतले अग्रता लिएको थियो। यद्यपि, त्यसको तीन मिनेटपछि हारुन फाखरुद्दिनले गोल गर्दै अफगानिस्तानलाई १-१ को बराबरीमा फर्काए।
तर, निर्धारित समयको इन्जुरी मिनेटमा सहल अब्दुल समदले गोल गर्दै भारतलाई २–१ को रोमाञ्चक जित दिलाएका थिए।
जितसँगै डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा उक्लिएको छ। समान खेल र अंकबाट हङकङ शीर्षस्थानमा छ।
समूहबाट शीर्षस्थानमा रहने टोली सिधै एसिया कपमा स्थान बनाउने छ ।