काठमाडौँ महानगरले १० ‘स्मार्ट ट्वाइलेट’ सञ्चालन गर्ने, प्रयोग गर्न दिनेलाई सरसफाइ सामग्री दिने

काठमाडौँ महानगरले १० ‘स्मार्ट ट्वाइलेट’ सञ्चालन गर्ने, प्रयोग गर्न दिनेलाई सरसफाइ सामग्री दिने
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ।

सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो।

‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ। १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ’, आइतबार बसेको काठमाडौँ महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने।

काठमाडौँ महानगरभित्रका केही संस्थाहरूले आफ्नाे शौचालयहरू स्वस्फूर्त रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए।

यस्ता संस्थाहरूले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाए। शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइनेसमेत उनले बैठकमा स्पष्ट पारे।

आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चाररचार महिनामा महानगरले सरसफाई सामग्री उपलब्ध गराउने उनले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?