जी-बबले जङ्गिदै भने- ‘तपाईँहरु युट्युबरले जस्तो कुरा नगर्नुस्, उजुरी र निवेदन भनेको बुझ्नुहुन्न?’

जी-बबले जङ्गिदै भने- ‘तपाईँहरु युट्युबरले जस्तो कुरा नगर्नुस्, उजुरी र निवेदन भनेको बुझ्नुहुन्न?’
+
-

काठमाडौँ- र्‍यापर जी-बबले आफूलाई स्वतन्त्रता चाहिएको बताएका छन्।

आफू खुट्टा लागिसकेको छोरा भएको बताउँदै उनले आफूलाई स्वतन्त्रता चाहिएको बताएका हुन्।

उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

‘म खुट्टा लागेको ठुलो छोरो हो। मलाई स्वतन्त्रता चाहियो। जहाँ भन्यो त्यहीँ जान दिनुपर्‍यो।’

जी-बबले यसअघि आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका थिए। उनले दिएको उजुरी र अन्तर्वार्ताका कारण जी-बबको चर्को आलोचना भइरहेको छ।

आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन जी-बबले आइतबार पत्रकारहरुसँग कुराकानी गरेका हुन्।

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले आफूले उजुरी नभई निवेदन दिएको बताएका छन्।

‘मलाई र मैलै काम गर्ने टिमलाई रोक्नुभएन भनेर निवेदन दिएको हो मैले । तपाईँहरु युट्युबरले जस्तो कुरा नगर्नुस न। उजुरी र निवेदन भनेको बुझ्नुहुन्न?’

पत्रकार सम्मेलनमा जी-बब आफैंले आफूलाई सुपरस्टार घोषणा पनि गरेका थिए ।

उनले भने, ‘ म सुपर स्टार नै हो । आज तपाईंहरू ८०-५० जना मिडिया आउनुभएको छ । मैले चाहेँ भने ३-४ सय जना मिडिया पनि जम्मा पार्न सक्छु ।’

जी-बबले हिजो एक अन्तर्वार्ताका क्रममा आफ्नी आमामाथि चारित्रिक आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा उनले उक्त घट्नाबारे पनि बोलेका छन्।

उनी भन्छन्, ‘मलाई घरको गोप्य कुरा बाहिर ल्याउन मन थिएन । तर, उहाँहरू (बुबाआमा) ले नै बाहिर ल्याएकाले मैले अन्तर्वार्ता दिएको हुँ । मैले रियालिटी बोलेको हो । तर, आमालाई दोष लगाउँदिन । हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो ।’

तस्बिरहरु: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?