मकवानपुर गोल्डकपको उपाधिका लागि आज आर्मी र विजय युथ भिड्दै्

मकवानपुर गोल्डकपको उपाधिका लागि आज आर्मी र विजय युथ भिड्दै्
+
-

हेटौँडा – मकवानपुर फुटबल संघको आयोजनामा हेटौँडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ।

प्रतियोगिताको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय युथ क्लब भिड्दै छन्।

तेस्रो संस्करणको फाइनलमा पनि घरेलु टोली र आर्मीबीच नै भिडन्त भएको थियो। त्यो संस्करणमा आर्मीले घरेलु टोलीलाई हराउँदै उपाधि हात पारेको थियो।

सेमिफाइनलमा आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय युथले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

आर्मी लगातार दोस्रो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने घरेलु टोली अघिल्लो वर्षको बदला लिँदै उपाधि कब्जा गर्ने दाउमा हुनेछ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने दोस्रो संस्करणको उपाधि घरेलु टोलीले नै जितेको थियो।

आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दाबी गरेका छन्।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बलिया दुई टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको स्मरण गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए। आर्मीका कप्तान भरत खवासले घरेलु टिमसँगको उपाधि भिडन्त कडा र रोमाञ्चक हुने बताए।

विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले मुख्य डिफेन्डर पेपेले दोहोरो पहेँलो कार्डका कारण खेल्न नपाउने भएकाले केही समस्या पर्नसक्ने भन्दै घरेलु मैदान भएकाले भने उपाधि जित्न सहज हुने प्रतिक्रिया दिए। विजय युथका कप्तान अशोक बरालले १२ महिनै ट्रेनिङ गरिरहने आर्मीसँग खेल्न सहज भने नहुने बताए।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

यस्तै, सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?