तरकारी व्यापारीलाई स्पष्टिकरण, ९ गतेदेखि कार्बाही

तरकारी व्यापारीलाई स्पष्टिकरण, ९ गतेदेखि कार्बाही
+
-

काठमाडौँ– कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवशाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको म्याद आइतबार सकिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले एक हप्ताको म्याद दिएर उनीहरुलाई कारबाही गर्ने भनेपनि व्यापारी पत्र बुझ्न नआएपछि कारबाही प्रक्रिया लम्विएको हो ।

आइतबार कारबाहीका लागि म्याद सकिएको भएपनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बल्ल पत्र बुझाएको छ ।
पत्र बुझ्न नआउने दुई जना व्यवशायीको पसलमा आइतबार पत्र टाँस गरिएको छ । पत्र बुझेको एक हप्ता भित्रमा लिखित स्पष्टिकरण बुझाउनु पर्ने प्राबधानका कारण आगामी ९ गतेदेखि मात्र कार्बाही प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री चक्रपाणी खनाल नेतृत्वको टोलीले कालिमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेपछि जेठ २५ गते बसेको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा वर्गिकरण गरेको थियो । जसअनुसार कार्यविधि पूर्णरुपमा उलंघन गर्ने ९९ जनालाई रातो, अलि कम उलंघन गर्ने १३१ जनालाई निलो, फाट्ट फुट्ट नियम उलंघन गर्ने २०९ जनालाई पहेलोमा वर्गिाकरण गरेको थियो । पूर्ण रुपमा नियम पालना गर्ने व्यापारी १५९ जना कायम भएका छन् ।

आइतबारसम्म रातो समूहमा पर्ने ९० जनाले स्पष्टिकरण पेश गरेका छन् । बाकीभने अनुपस्थित रहे । अव उनीहरुमाथि असार ९ गतेपछि बोर्ड बैठक बसेर कार्वाही प्रकृया थालिने कालिमाटी फलफूल तथा बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पोख्रेलले जानकारी दिए ।

कसैले विरामी परेको, आफू विदेशमा भएकाले आफन्तले व्यवसाय सञ्चालन गरेको जस्ता कारणसहितका स्पष्टिकरण आएको भन्दै पोख्रेलले ९९ जनामध्ये एकदुई जनाबाहेक सबैको इजाजत पत्र खारेज गरी सम्झौता रद्ध गरिने जानकारी दिए ।

बोर्ड कालिमाटि फलफूल तथा तरकारी बजार विकास समिति, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्यीय छ ।

निलो समूहमा परेका १३१ जनामध्येबाट झण्डै २०/२५ जना रातो समूहमा पर्ने देखिएको छ । रातो समूहमा पर्नेले पनि बोर्ड बैठक बसेर निर्णय गर्नु अघिसम्म व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् । समितिलाई बोर्ड बैठकले निर्णय नगरी कार्बाही गर्ने अधिकार नभएकाले प्रक्रिया लम्बिएको पोख्रेलको भनाई छ । कार्बाहीबाट जोगिन व्यापारीले दवाव दिने गरेको समितिले जनाएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?