चिसोले कर्णालीको जनजीवन कष्टकर

चिसोले कर्णालीको जनजीवन कष्टकर
+
-

जुम्ला-कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ । जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ ।

हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ। अत्यधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसमा पनि गरिब तथा विपन्न परिवारका सदस्य बढी मर्कामा परेका छन्।

चिसोले निमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल निर्देशक डा पूजन रोकायाले बताए। अस्पतालमा आउने बिरामीलगायत सबैलाई बाक्लो कपडा लगाएर न्यानो राख्न र झोलिलो पदार्थ खान सुझाव दिइएको पनि उनले बताए।

छोटो दिन र लामो जाडो रातले गर्दा पानी जम्ने, पाइप फुट्ने, धारा भाँचिने र बन्द हुँदा खानेपानीको समस्या भएको छ । चिसोले गर्दा आगो बालेर व्यापारिक कारोबार भइरहेको छ।

जाडोले व्यापार घटेको स्थानीय व्यापारी कल्से रावतले बताए। थोरै भए पनि व्यापार होस् भन्‍ने आशले पसल खोलिन्छ तर आजभोलि ग्राहक नआउँदा चिसो खानेबाहेक अरु केही छैन, उनले भने।

गाडी ट्याङ्कीको इन्धन जम्दा गाडी सञ्चालन गर्न समेत समस्या हुने गरेको देखिन्छ। हिमपात नहुँदा खेती किसानी गर्न कर्णालीवासीलाई चिन्तित बनाएको छ।

बेलैमा पानी नपरे कृषकको हिउँदेबालीको उत्पादन घट्ने वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताए। हिजोआज जुम्लामा माइनस चार डिग्री सेल्सियस तापक्रम रहेको जनाएको छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?