वीरेन्द्रनगरको एकीकृत प्रशासनिक भवनको शिलान्यास

वीरेन्द्रनगरको एकीकृत प्रशासनिक भवनको शिलान्यास
+
-

कर्णाली – सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन एकीकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ।

नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेल, नगरप्रमुख मोहनमाया ढकाल र निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले संयुक्तरूपमा शुभारम्भ गरे।

१० करोड ७१ लाख रुपौयाँ लागत अनुमान गरिएको पाँचतले भवन लिफ्ट सुविधासहितको हुनेछ। सो अवसरमा नगरप्रमुख ढकालले संविधानले स्थानीय तहलाई सेवा-प्रवाह गर्ने निकायका रूपमा परिभाषित गरेको बताए।

सेवाग्राहीको बढ्दो चापका कारण हाल सञ्चालनमा रहेको भवनबाट सेवा प्रवाहमा असहजता सिर्जना भएकाले नयाँ भवन निर्माण थालिएको उनको भनाइ छ।

‘संविधानमा प्रदत्त नागरिकको मौलिक हकको रक्षा गर्दै नागरिकसँग जोडिएर काम गर्नु स्थानीय तहको दायित्व हो’, नगरप्रमुख ढकालले भने,‘गुणस्तरीय सेवा प्रवाहमा विस्तार गर्नकै लागि सुविधासम्पन्न एकीकृत प्रशासनिक भवनको निर्माण गर्न लागेका हौँ।’

निवर्तमान नगरप्रमुख सुवेदीले प्रशासनिक भवन समयमै गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे। प्रदेशसभा सदस्य कँडेलले चुनावमा फरक खालका प्रतिबद्धता भए पनि नगरको विकासका लागि ती सबै साझा प्रतिबद्धता भएको बताए।

सत्ताइस महिनामा सम्पन्न गरिसक्ने गरी नेपाल पब्लिक शर्मिला जेभीले निर्माणको जिम्मा लिएको छ।

हालको नगरपालिका कार्यालयको पूर्वी क्षेत्रको खाली जग्गामा भवन बन्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?