
काठमाडौँ – सुनको मूल्य मंगलबार तोलामा एक हजार ८ सय रुपैयाँले घटेको छ।
सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८ सय रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।