आइसीसी विश्वकप लिग २ः दोस्रो खेलमा नेपाल र ओमान भिड्दै

आइसीसी विश्वकप लिग २ः दोस्रो खेलमा नेपाल र ओमान भिड्दै
+
-

काठमाडौँ – आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। ओमानविरुद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ।

आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिग २ मा सबै खेल खेल्ने पहिलो टिम बन्ने। नेपालले भने हालसम्म १४ खेल खेलेको छ। नेपालले हालसम्म ओमानसँग पाँच खेल खेलेको छ। जसमध्ये ओमानले चार खेल जित्दा एक खेलको नतिजामात्र नेपालको पक्षमा छ।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो।

तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ। यस्तै, १४ खेलबाट १३ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ।

शृंखलामा नेपालले असार १ गते घरेलु टिम अमेरिकाविरुद्ध अन्तिम खेल खेल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?