मर्स्याङ्दी जलविद्युत केन्द्रमा विद्युत् उत्पादन वृद्धि

मर्स्याङ्दी जलविद्युत केन्द्रमा विद्युत् उत्पादन वृद्धि
+
-

काठमाडाैँ- अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ।

नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हाे।

सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो। हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए।

केन्द्रका तीन युनिटबाट २३-२३ मेगावाटका दरले विद्युत् उत्पादन भइरहेको छ। तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन बढेको हो।

उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?