महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूवात

महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूवात
+
-

काठमाडौँ – एसीसी महिला टी–२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍यो।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो।

भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाइन्। यसबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भुटानकी गावाङ छोडेनले आठ, सोनम पाँच र पेमा सेल्डोनले चार बनाइन्।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीताले सर्वाधिक चार विकेट लिइन्। २.५ ओभर बलिङ गरेकी संगिताले ६ रनमात्र खर्चिइन्।

यस्तै, कविता कुँवर र सीता मगरले समान दुई विकेट लिँदा अस्मिान कर्माचार्य र इन्दु वर्माले एक–एक विकेट हात पारे।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो।

खराब सुरुवात गरेको नेपालले १२ रन बनाउँदा दुवै ओपनरसहित तीन विकेट गुमाइसकेको थियो। त्यसपछि उपकप्तान इन्दु वर्माले २६ बल खेलेर २० तथा काजल श्रेष्ठले ३५ बल खेलेर २६ रन बनाएका थिए।

चौथो विकेटका लागि उनीहरुले ३२ रनको साझेदारी गरेका थिए। यस्तै, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

भुटानका लागि सोनामा पाल्दोनले ४ ओभरमा १३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिइन्। अन्य दुई बलरले एक-एक विकेट लिँदा बाँकी विकेट नेपालले रन आउटमा गुमाएको थियो।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन्। यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?