‘हनि ट्रयाप’ मा पारेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

‘हनि ट्रयाप’ मा पारेर ठगी गरेको आरोपमा ६ जना पक्राउ
+
-

काठमाडौँ- काठमाडौंमा विभिन्न व्यक्तिलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट योजनाबद्ध तवरले केटीहरुको प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भई पेप्सिकोला बस्ने १८ वर्षीया मनीषा परियार, इटहरी–७ सुनसरी घर भई काठमाडौंको तारकेश्व बस्ने ३० बर्षीय सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षीय निमा लामा तथा सोही स्थानको ३० बर्षीय पासाङ लामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डका मोबाइल फोन, नगद, गाडीलगायत सामान समेत बदामद गरेको छ।

पक्राउ परेका उनीहरुले सामाजिक सञ्जाल प्रयोगमार्फत सुरुमा फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गर्ने गरेका थिए। त्यसपछि पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई दवाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई ब्ल्याकमेल गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुका नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?