
काठमाडौँ – पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुतिमा नयाँ गीत ‘जान्छु म लाहुर’ सार्वजनिक भएको छ।
देशको परिस्थिति र पारिवारिक आर्थिक अवस्थाका कारण रोजगारीका लागि परिवार, आफन्तसँग छुट्नु पर्दाको पीडालाई समेटिएको सो गीतको शब्द सिर्जना सुमी राई लिम्बुले गरेकी छन्।
गायिका सम्झना भण्डारी र गायक तिलक बस्नेतको स्वर रहेको सो गीतको भिडियोमा गौरव पहारी, लक्ष्मी बर्देवा र जिया भुषालको अभिनय रहेको छ।
विशाल घिमिरेले निर्देशन तथा प्रविन भट्टले सम्पादन गरेको सो गीतको भिडियो पृथ्वी इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजपनिक भएको हो।
भिडियोः
https://youtu.be/4Alhiy4lkj4