नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डको जित

नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डको जित
+
-

काठमाडौँ – दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखला एक खेल अगावै जितेको छ।

आइतबार ४१ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले दिएको २३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६,१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

इङ्ल्यान्डको जितमा ओपनरद्वय ज्यासन रोयले ७३ र फिल साल्टले ७७ रन बनाए। रोयले ६० बलमा १३ चौका र एक छक्का प्रहार गर्दा साल्टले ५४ बलमा चौका हिर्काए।

यसबाहेक, मोइनल अलिले अविजित ४२ र डेभिड मिलानले ३६ रन जोडे। तर, इङ्ल्यान्डका कप्तान इयोन मोर्गन डक आउट भए। मोर्गन शृंखलाको पहिलो खेलमा पनि गोल्डेन डक आउट भएका थिए।

नेदरल्यान्ड्सका आर्यन दत्तले दुई विकेट लिँदा टिम प्रिङ्गल र टिम कुपरले १-१ विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ४१ ओभरमा सात विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्सले सर्वाधिक ७८ र बनाए। उनले ७३ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए। यसबाहेक, बास डे लिडेले ३४, लोगन भान बीकले ३० र तेजा निडामानुरुले २८ रन बनाए ।

इङ्ल्यान्डका डेविड विले र आदिल राशिदले समान दुई विकेट लिँदा ब्रिडन कार्से र लियम लिभिङस्टोनले १-१ विकेट लिए ।

यी दुई टिमबीचको अन्तिम एकदिवसीय खेल जुन २२ मा हुने तालिका छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?