
काठमाडौँ – एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरू हुनेछ।
प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ। यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ।
लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’मा ४ खेलसहित शीर्ष स्थानमा छ ।
यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो।