
बुटवल – बुटवलको तिनाउ खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टि गरेको छ।
उनी मध्यराती खोलामा किन र कसरी गए भन्ने बारेमा अनुसन्धान सुरू गरिएको सशस्त्र प्रहरी बल एपिएफ बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक सुरज पाण्डेले बताए।
मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्न सक्ने डिएसपी ठगबहादुर केसीले बताए।