
सुनसरी – बराहक्षेत्र नगरपालिका-१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका-१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राई रहेकी छन्।
टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र वेश क्याम्प चतराबाट संयुक्त टोली उद्दारमा खटिएको थियो।
उद्धार टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ सय मिटर तल उनको शव फेला पारेको हो।
साथै, घाइते भएका अटोमा सवार रसुवा गोसाइकुण्ड गाउँलिका-६ धुन्चे बस्ने १८ वर्षीया आनिया तामाङ चतरा अस्पतालमा सामान्य उपचार पश्चात डिश्चार्ज भएकी छन्।
टेम्पो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।