हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन

हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन
+
-

काठमाडौँ – नेपाल वायु सेवा सञ्चालक संघ नेपालको हवाई उडान रोक्ने निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै नेपाल नागरिक उड्डयन प्राविधिकरणले नरोक्न निर्देशन दिएको छ।

वायु सेवा सञ्चालक संघले आज देशैभरि हवाई सेवा बन्द गर्न गरेको घोषणा गैरकानुनी र गैरजिम्मेवारीपूर्ण भएको भन्दै बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न निगमले एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो।

सरकारले जहाज र हेलिकोप्टरले राति काठमाडौँबाहिर तोकिदिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो‍। सोही निर्णयको विरोधमा संघले सेवा बन्द गर्ने बताएको हो।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएकाले बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।

संघले सरकारले निर्णय गर्दा हवाई कम्पनीहरूसँग छलफल नगरी भविष्यमा आउने समस्याहरूप्रति वेवास्ता गरिएको संघको आरोप छ।

यता नागरिक उड्डयन प्राविधिकरणले भने अचानक उडान बन्द गर्नाले आम नागरिकमा ठूलो असर पर्ने र कानुनमा पनि हवाई उडानमा हड्ताल गर्न निधेष लगाइएको बताउँदै कानुन विपरित यस्तो काम नगर्न निर्देशन दिएको हो।

 

विज्ञप्तिः

यो पनि पढ्नुहोस्

उडान बन्द गर्ने धम्की नदिन वायुसेवा सञ्चालकलाई महानिर्देशक अधिकारीको चेतावनी

उडान बन्द गर्ने धम्की नदिन वायुसेवा सञ्चालकलाई महानिर्देशक अधिकारीको चेतावनी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?