दोर्दी खोलाको आईपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका

दोर्दी खोलाको आईपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका
+
-

काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ ८ असार बुधबार बाँडफाँट भएको छ।

यसमा गोलाप्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्।

जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ।

दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो।

जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। साथै, दोर्दी खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?