लमजुङमा अघोषित लोडसेडिङ

लमजुङमा अघोषित लोडसेडिङ
+
-

लमजुङ – छिनछिनमा विद्युतको लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन्।

दुई महिनायता बिनासूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो।

ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ।

केही दिनअघि बेंशीसहरको ट्रान्सफर पड्किएपछि ट्रिपिङ समस्याले विद्युत आपूर्ति अनियमित भएको छ । विद्युत सेवा प्रभावित हुँदा दैनिक सञ्चालन हुने साना उद्योग तथा कलकारखानाको काम प्रभावित भएको उपभोक्ताको गुनासो छ।

उद्योगको उत्पादनमा पनि कमि आएको छ। विद्युत् कटौतीको सबैभन्दा बढी मार जिल्लामा सञ्चालित इँटा क्रसर, काष्ठ, दालमोठ र पाउरोटी उद्योग एवं अन्य साना तथा मझौला उद्योग मर्कामा परेका छन्।

बैंक तथा वित्तीय संस्थाले दिने सेवा पनि प्रभावित भएको छ। ट्रिपिङ समस्याले नियमित रूपमा काम गर्न नसकिएको लमजुुङ उद्योग वाणिज्य सघंका कोषाध्यक्ष शिव सिलवाल बताउँछन्।

यसअघि सामुदायिक उपभोक्ता संघले विद्युत् सेवा दिँदै आएकोमा हाल नेपाल विद्युत् प्राधिकरणले सेवा प्रदान गर्दै आएको छ। विद्युत् संरचना जर्ण बन्दै गएकाले जिल्लाको वितरण प्रणालीमा पनि समस्या प्रभावित हुँदै आएको छ।

लमजुङमा ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४।४ मेगावाटको राधी खोला जलविद्युत केन्द्र सञ्चालित छन्।

जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोडिए पनि स्थानीय उपभोक्तालाई तनहुँको लाइनबाट विद्युत् सेवा दिँदै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?