
कास्की – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ। गएराति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ।
आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ।
सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आकलन गरिएको छ।