महंगीको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

महंगीको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन
+
-

खोटाङ – महंगीको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ।

दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन्।

युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरिएको हो।

राँके जुलुस प्रदर्शनका क्रममा युवा तथा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।

भवनगैरा पुगेपछि राँके जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरी र प्रदर्शनकर्ताबीचमा राँको खोसाखोस गर्न घम्साघम्सी चलेको थियो।

राँके जुलुस प्रदर्शनपछि त्रिबेणीचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रसकुमार राईले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्यवस्तुको मुल्य बढ्दा सरकार मुकदर्शक बनेको आरोप लगाए।

राष्ट्रिय युवा संघ,अनेरास्ववियु र नेपाल खेलकुद महासंघले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन – पत्र पठाउँदै महंगी नियन्त्रण गर्न र जनजीवनलाई सहज बनाउन माग गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष