
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाका रहेका छन्।
पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ-१ बाट र केसी दाङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन्।
एउटै जिल्लावाट दुई जनालाई मन्त्री बनाएको भन्दै एकीकृत समाजवादीका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन्।