ओली-दाहाल भेटमा तीन निर्णय

ओली-दाहाल भेटमा तीन निर्णय
+
-

काठमाडौं- नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा करिब डेढ घन्टा भेटघाट भएको छ।

निर्वाचनमा बाम गठबन्धनको अभूतपूर्व विजयपछि ओली-दाहाल पहिलोपटक भेटेका हुन्।

दुई शीर्ष नेतृत्वबीच नयाँ सरकार निर्माणका लागि देउवा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने, राष्ट्रियसभामा गठनका लागि निर्वाचन आयोगलाई तत्काल समानुपातिक सूची सार्वजनिक गर्न आग्रह गरिने र पार्टी समायोजन समितिको बैठक चाँडै बस्ने निर्णय भएको छ।

‘पार्टी समायोजन समितिको बैठक बिहीबार वा शुक्रबार बस्ने सहमति दुई शीर्ष नेतृत्वबीच भएको छ,’ माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव मनहरि तिमिल्सिनाले देशसञ्चारसँग भने।

ओली र दाहालले केही बेर बालकोट निवासको छतमा घाम तापेर कुराकानी गरेका थिए। ओभरकोट र कालो भादगाउँले टोपीमा बालकोट पुगेका दाहाललाई गमक्क स्वीटर र तेह्रथुमे ढाकाको टोपी लगाएका ओलीले स्वागत गरेका थिए।

यो पनि हेर्नुहोस्:

बालकोटमा भेट्दैछन् ओली-दाहाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?