वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सडकखण्ड अवरुद्ध

वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सडकखण्ड अवरुद्ध
+
-

बुटवल – सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध भएकाे हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ। सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरुको आवागमन पनि रोकिएको छ।

पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान ६ बजेदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन्। वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भए पनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेका छन्।

सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विष्णुबहादुर कुँवरले बताए।

अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन्। रुपन्देहीसहित धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ। वर्षाले ठाउँठाउँका सडकहरुमा पानी जम्दा यातायात ओहोरदोहोरमा समस्या देखिएको छ।

सिद्धबाबाबा वर्ष हुनासाथ लगातार पहिरो जाने गर्छ। वर्षा नरोकिएसम्म सडक खुल्ने संभावना कम रहेको प्रहरीको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष