कस्तुरीको बिनासहित विमानस्थलबाट कोरियन नागरिक पक्राउ

कस्तुरीको बिनासहित विमानस्थलबाट कोरियन नागरिक पक्राउ
+
-

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरिया जान लागेका एक कोरियन नागरिक कस्तुरीको विनासहित पक्राउ परेका छन्।

मंगलबार कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका जंग जून जुन नामक कोरियन नागरिक पक्राउ परेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियामा पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ।

विमानस्थलमा उनलाई सुरक्षा खानतलासी गर्ने क्रममा उनले लगाएको निलो रंगको म्याक्स१५ लेखिएको जुत्ताबाट कस्तुरीको विना जस्तो देखिने धुलोसहित प्रहरीले पक्राउ गरेको हो।

उनले लगाएको जुत्तालाई एक्स–रे मेशिनमा राख्न लगाई स्क्रिनिङ गर्दा दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो देखिने धुलो सहितको पोका थान–२ (प्रत्येक जुत्तामा १/१ पोकाको दरले) को अन्दाजी तौल ७१६ ग्राम फेला परेको विमानस्थल प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेका कोरियन नागरिकलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?