
लमजुङ – निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे-बेसीसहर-चामे सडक अवरुद्ध भएको छ।
मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको छ।
बेसीसहर नगरपालिका-६,उत्तीसघारीको खरखरेमा पहिरो गएको छ। खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ।
पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो गएको छ। म्यार्दीभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।
डुम्रे-बेसीसहर-चामे सडक योजना प्रमुख ईन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेसीसहर हुँदै मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको छ।
डुम्रे-बेसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ। मनाङतर्फको बाटो बिहीबार साँझसम्म खुलाउने प्रयास भइरहेको उनले बताए।