काठमाडौँ- रमाइलो गर्दै पढ्न पाइन्छ भन्दा जो कोहो विद्यार्थी पढ्न उत्सुक हुन्छ। यही प्रक्रिया प्रयोग गर्दै नेपाली शिक्षा प्रणालीमा नयाँ प्रणाली भित्र्याइरहेको छ ‘माइ सेकेण्ड टिचर’ ले।
‘माई सेकेण्ड टिचर’ले विद्यार्थीहरुलाई रमाइलोसँग भिडियो हेर्दै पढाउने गरेको छ। यसका कारण विद्यार्थीहरुले पढेको कुरा सजिलैसँग बुझ्न सक्छन्।
‘माई सेकेण्ड टिचर’ क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास गरेको लर्निङ प्लेटफर्म हो। यो अहिले २० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ ।
हालमाई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत ईजीसीएसई तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ लगायतका विषयका भिडियो छन्। नेपाली पाठ्यक्रम अन्तर्गत कक्षा १० को अंग्रेजी, विज्ञान, अनिवार्य गणित लगायतका ई-लर्निङ भिडियोहरु समेत रहेको माई सेकेण्ड टिचरका नेपाल सेल्स हेड प्रशान्त घिमिरे बताउँछन्।
माई सेकेण्ड टिचरले हाल २० वटा भन्दा बढी देशहरुमा क्याम्ब्रिज विश्वविद्यालयसँग सहकार्य गरेर पठनपाठन गर्दै आएको उनी बताउँछन्।
हालमाई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत ईजीसीएसई तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ लगायतका विषयका भिडियो छन्। नेपाली पाठ्यक्रम अन्तर्गत कक्षा १० को अंग्रेजी, विज्ञान, अनिवार्य गणित लगायतका ई-लर्निङ भिडियोहरु समेत रहेको माई सेकेण्ड टिचरका नेपाल सेल्स हेड प्रशान्त घिमिरे बताउँछन्।
‘सुरुमा हामीले बाहिर सुरु गर्यौँ। सुरुमा क्याम्ब्रिज युनिभर्सिटीसँग मिलेर आईजिसिएसए कोर्सको हामीले नेपालीहरुले नेपालीमा बनाएर बाहिर पठाएको हो,’ उनी भन्छन्, ‘त्यसपछि हामीलाई के लाग्यो भने बाहिर त गर्न सकिन्छ भने नेपालमै किन नगर्ने भनेर हामीले नेपालमा पनि सुरु गरेका हौं।’
नेपालको शिक्षा प्रणालीलाई केही हदसम्म भएपनि सुधार्ने प्रयासका साथ ‘माइ सेकेण्ड टिचर’ लर्निङ सिस्टमको सुरुवात गरिएको उनी बताउँछन्। ‘तपाईँले जो पनि विद्यार्थीलाई सोध्नुभयो भने पढन मन लाग्छ कि फिल्म हेर्न भन्यो भने सबै जना फिल्म हेर्न नै रुचाउनु हुन्छ। सो माई सेकेण्ड टिचरले त्यही प्रकियालाई पढाइ मार्फत ल्याएको हो।’
भिडियो हेर्दै पढ्दा छिट्टै बुझ्न सकिने भएकाले धेरै विद्यार्थी तथा अभिभावकहरुले समेत रुचाएको उनी बताउँछन्।
उनी भन्छन्, ‘हामीले चाहिँ एउटा टेक्नोलोजीको सहायताबाट मनोरञ्जन र पढाइलाई जोडेका छौं। यसले गर्दा विद्यार्थीले रमाइलो गर्दै गर्दै पढ्नसक्ने वातावरण हामीले क्रिएट गर्न खोजेको हो।’
यस किसिमको शिक्षा प्रणालीले विद्यार्थीलाई धेरै क्रिएटिभ बनाउने उनी बताउँछन्। उनी भन्छन्, ‘विद्यार्थीहरु टेक्नोलोजीको सहायताबाट धेरै कुरा सिक्न र जान्न उत्सुक हुन्छन जसले गर्दा पनि उनीहरुको लर्निङ प्रोसेस अन्य विद्यार्थीको भन्दा राम्रो भएको हामीले पाएका छौं।’
माई सेकेण्ड टिचरले ४/५ वटा इन्टरनेश्नल अवार्ड समेत पाइसकेको उनी बताउँछन्।
हाल सीमित कोर्सहरु मात्र समावेश गरिएको भए पनि कक्षा १ देखि कक्षा १२ सम्म नै डिजिटल माध्यम मार्फत अध्यानपन गराउने तयारी रहेको उनी बताउँछन्।